नेपाली चलचित्र वितरण कम्पनी एफ.डी.ले सर्भर भित्राउने भएको छ । आगामी डेढ देखि दुई महिना भित्र एफ.डि.ले करिब २० वटा हलमा परिक्षण जडान हुने गरी सर्भर सञ्चालनमा ल्याउन लागेको बताईएको छ ।
एफ.डि.ले आफ्नो सर्भरबाट चलचित्र प्रदर्शन गर्दा भि.पि.सी चार्ज सस्तो हुने दाबी गरेको छ । सञ्चालनमा आउनासाथ भि.पि.सी चार्ज १ सय ५० रुपैयाँ भन्दा बढी नतोकिने बताईएको छ ।
हाल नेपालमा डि.सि.एन र क्यूब गरी दुई वटा सर्भर सञ्चालनमा छन् । क्यूबले प्रत्येक शो को ३ सय र डि.सि.एन.ले नन् टू के फाईलमा प्रर्दशन हुने फिल्मको ३ सय ४०, टूकेको ४ सय ५२ र फोर.के. फिल्म प्रर्दशन गराउँदा ४ सय ८० रुपैयाँका दरले भि.पि.सी चार्ज लिने गरेका छन् ।