अभिनेता दयाहाङ् राई बैशाख १ गते रिलीज हुने चलचित्र ‘घामपानी’को बारेमा बोलेका छन् । उनले चलचित्रको कथामा जस्तो वास्तविक जीवनमा आफ्नो प्रेम अन्य समुदायका युवतीसँग नपरेको बताए ।
‘म भोजपुरको त्यस्तो राई समुदायमा हुर्केँ जहाँ अन्य समुदायका युवा-युवतीबीच प्रेम गर्न पाईन्नथ्यो’ दयाले बताए, ‘यो सहि हो या गलत बहसको जरुरी छ’ । उनि अभिनित ‘घामपानी’ तामाङ् युवक र ब्राह्मण युवतीबीचको प्रेममा आधारित छ ।
दिपेन्द्र लामाले निर्देशन गरेको चलचित्रमा दया र केकी अधिकारीको प्रमूख अभिनय छ ।
भिडियो: