वर्दिबास। शिलान्यासको ९५औँ दिनमा मुसहर समुदायले ५० घर हस्तान्तरण गरिएको छ ।
धुर्मुस-सुन्तली फाउण्डेशनले बनाएको महोत्तरीको वर्दिबासमा रहेको एकिकृत नमुना मुहसर बस्ती हस्तान्तरणमा मह जोडीको साथमा निवर्तमान प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल, नायक सरोज खनाल, नायक शिव श्रेष्ठ, अभिनेत्री बसुन्धरा भुषाल, नेपाल सरकारका मूख्य सचिव सोमलाल सुवेदी लागयतको उपस्थिती थियो ।
संसारभरका नेपालीहरुको सहयोगमा धुर्मुस-सुन्तली फाउण्डेशनले बस्ती बनाएको हो । दशकौँदेखी छाप्रोमा बस्न बाध्य मुसहर समुदायका ५० परिवारलाई शुक्रवार नै घर हस्तान्तरण भएको हो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले सहयोग गर्ने सबैलाई धन्यवाद दिए । कट्टेलले आफ्नो छोरी सुबिहानीसँग हालसम्ममा जम्मा चार महिना मात्र सँगै बस्न पाएको बताए । उनले छोरीले आफुलाई ‘धुर्मुस बाबा’ भनेर बोलाउने गरेको भन्दै भावुक बनेका थिए ।
त्यस्तै, कुञ्जना घिमिरे ‘सुन्तली’ले आफुले आफ्नो छोरीलाई भन्दा बढि अन्यका छोराछोरीलाई समय दिएको उल्लेख गरिन् । उनले पनि सहयोगदाता सबैलाई धन्यवाद व्यक्त गरिन् ।
प्रमूख अतिथीद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह)ले बधाई दिँदै खुशी व्यक्त गरे ।