‘लुट’ निर्देशकको दोश्रो काम | ‘टकलजंग भर्सेस टुल्के’ टिजर रिलिज



talakjung-vs-tulke-1st-lookठुलोपर्दा डटकम, काठमाण्डौ। ब्लकबस्टर चलचित्र ‘लुट’ का निर्देशक निश्चल बस्नेतले आफ्नो दोश्रो कामको पहिलो अनुहार देखाएका छन्। २ बर्षको अन्तरालमा बस्नेतले ‘टकलजंग भर्सेस टुल्के’ नामक चलचित्र निर्देशन गरेका छन्। उक्त चलचित्रको फर्ष्ट लुक श्रव्यदृश्य सार्वजनिक भएको छ।

‘टकलजंग भर्सेस टुल्के’मा एक नेपाली सोझो गाउँले युवाले आफ्नो गुमेको पहिचान खोज्न गरेको संघर्षको कथा र उसले समाजलाई हेर्ने दृष्टिकोणलाई हाँस्य रसमा देखाउन खोजिएको  निर्देशक बस्नेतले ठुलोपर्दा डटकमलाई बताए। लामो गृहकार्य पश्चात यो चलचित्रमा निश्चलले आफ्नो दोश्रो काम देखाएका छन्, जुन उनको लागि निकै चुनौती हो। अघिल्लो चलचित्रको रेकर्डलाई यो चलचित्रले तोड्नै पर्ने चुनौती बस्नेतमा छ।

खगेन्द्र लामिछानेले लेखेको ‘टकलजंग भर्सेस टुल्के’मा रविन्द्र सिंह, ब्ल्याक हर्ष पिक्चर्स र षटकोण आर्टसको लगानी रहेको छ। खगेन्द्र लामिछाने, दयाहाङ् राई, ऋचा शर्मा, शुसांक मैनाली, रबिन्द्र सिंह बानिया, प्रकाश घिमिरे लगाएतका कलाकारहरुको मूख्य अभिनय रहेको यो ‘ब्ल्याक कमेडी’ चलचित्र हो।

Watch teaser here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu