यसै शुक्रबारबाट रिलिज भएको नेपाली चलचित्र ‘लभ लभ लभ’ अष्ट्रेलियामा हुन गईरहेको एक भारतिय फिल्म फेष्टिभलमा छनोट भएको छ ।
सिड्नीमा मे महिनाको ७ देखि १३ तारिखसम्म हुन लागेको ‘भारतीय चलचित्र महोत्सव तथा अवार्डस् अफ अस्ट्रेलिया’मा ‘लभ लभ लभ’ र अपिल बिष्ट निर्देशित ‘झुम्की’ प्रदर्शनको लागी छनोट भएका हुन् ।
उल्लेखित दुई नेपाली फिल्मसँगै कलाकारद्वय सुनील थापा र वर्षा शिवाकोटीले महोत्सवमा सहभागिता जनाउने छन् । फेण्ड्रस इण्डिया इन्टरटेन्टमेन्टले पहिलोपटक आयोजना गरेको महोत्सवमा भारतका चर्चित कलाकार धमेन्द्र, जीतेन्द्र, शक्ति कपुर, जिम्मी शेरगिल, इलायना डिक्रुज, एकता कपुर, राकेश रोशन, जावेद अख्तर, सोनु निगम लगायत सहभागी हुने बताईएको छ ।
कार्यक्रममा नेपाली चलचित्र तथा कलाकारहरुको संयोजन निर्देशक मनोज अधिकारीले गरेका छन् ।