कलाकार क्षेत्रीलाई यूकेबाट तीन लाख सहयोग



काठमाण्डौ। दिपक क्षेत्री उपचार सहयोग अभियान अन्तरगत यूकेमा बसोबास गर्ने नेपाली समुदाय तथा क्षेत्री समाज यूकेबाट तीन लाख रुपैयाँ सहयोग रकम प्रदान भएको छ ।

सोमबार राजधानीमा क्षेत्री समाज यूकेका पूर्व अध्यक्ष प्रेम खड्काको हातबाट बिरामी कलाकार क्षेत्रीलाई हस्तान्तरण गरियो ।

नेपाल तथा संसारभरका नेपालीबाट प्राप्त सहयोग पछि कलाकार क्षेत्रीले संसारभरका नेपालीको मायाले आफुलाई यसै निको भएको जस्तो लागेको बताए ।

ठुलोपर्दा डटकम लगायतका सञ्चारमाध्यममा बिरामी कलाकार दीपक क्षेत्रीको अन्तरवार्ता प्रकाशन-प्रशारण भएपछि संसारभरका नेपालीहरुबाट सहयोग आईरहेका छन् ।

चलचित्र पत्रकार संघ नेपालले आर्थीक संकलन गर्दै क्षेत्रीको उपचारको पहल गरिरहेको छ । त्यस्तै, संसारभरका नेपालीहरुले आ-आफ्नै तवरले अभियान चलाईरहेका छन् ।

क्षेत्रीको उपचार शुरु भईसकेको छ । बरिष्ठ नाक, कान तथा घाँटी रोग बिशेषज्ञ डा. बिके सिन्हाले क्षेत्रीको चेकजाँच गरी औषधी दिई सात दिनको लागि आराम गराएका छन् । बाँकी उपचार आराम अवधी सकिएपछि हुनेछ ।

झण्डै चार बर्षदेखी क्षेत्रीको घाँटीमा समस्या आएको थियो । घाँटीमा मासु पलाएकोले उनले राम्रोसँग बोल्न नसक्ने भएका छन् ।

क्षेत्रीसँगको अन्तरवार्ता यहाँ हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu