के ‘राधे’को संवादले ‘राजतन्त्र’को समर्थन गरेको हो ?



काठमाण्डौ। नायक निखिल उप्रेती स्टारर नेपाली चलचित्र ‘राधे’ गत शुक्रबारबाट प्रदर्शनमा आएको छ ।

यो चलचित्रमा एउटा संवाद समावेश गरिएको छ, ‘बाउ लेखेटेर आमा बेचेर खानेहरुसँग कसरी मिलेर बस्ने ?’ यो संवादलाई अहिले विभिन्न मानिसहरुले आ-आफ्नै ढंगले व्याख्या गरिरहेका छन् ।

यो संवादले नेपालबाट हटिसकेको राजतन्त्रको समर्थन गरेको आरोप पनि लागेको छ । निर्माता सुशिल पोख्रेल स्वयंमले यो संवादले गर्दा आफूहरुलाई राजतन्त्रको समर्थनको आरोप लागेको उल्लेख गर्दै स्टाटस लेखेका छन् ।

‘यो हामीले सांकेतीक रुपमा उठान गर्न खोजेका हौ । चलचित्रमा सिधै नभनिएतापनि सांकेतिक रुपमा राजतन्त्रकै समर्थन गर्न खोजिएको हो’ पोखरेलले स्टाटसमा लेखेका छन् ।

निखिल उप्रेती, प्रियंका कार्की, अशिष्मा नकर्मी लगायतका कलाकारले यो चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका छन् । ‘राधे’ले ओपनिङ व्यापार आक्रमक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu