म मेयरको दावेदार हो, उपमेयरमा किन लड्ने ? – रेखा थापा



काठमाण्डौ। गत बर्ष माओवादी केन्द्र छोड्दै राप्रपा प्रवेश गरेपछि नायिका रेखा थापाको राजनैतिक सक्रियता ह्वात्तै बढेको थियो । अहिले देशमा स्थानिय निर्वाचनको माहोल छ । बैशाख ३१ मा हुने निर्वाचनमा दावेदार उम्मेदवारहरुको चर्चा हुनु स्वभाविकै हो ।

यसै क्रममा नायिका थापाको पनि चर्चा उत्तिकै छ । केहि दिन अगाडी मात्र रेखालाई राप्रपाले काठमाण्डौ महानगरपालिकाको उपमेयरको उम्मेदवार बनाउने भन्ने समाचार आएका थिए । तर, रेखाले ति समाचारको खण्डन गरेकी छिन् ।

राप्रपाको केन्द्रिय सदस्य रहेकी रेखाले ठुलोपर्दा डटकमसँगको कुराकानीको क्रममा आफु उपमेयरमा नलड्ने बताएकी छिन् । उनले यसअघि आएका समाचार सबै हावादारी रहेको बताईन् ।

‘जब मलाई नै यस बिषयमा थाहा छैन भने मीडियालाई कसरी थाहा हुन्छ ?’ उनले उल्टै प्रश्न तेर्स्याएकी छिन् । उनले आफुले र पार्टीले यस बिषयमा कुनै आधिकारी धारणा नल्याएको बताइन् ।

‘पार्टीले टिकट दियो भने उपमेयरमा लड्नुहुन्छ त ?’ भन्ने प्रश्नमा रेखाले आफ्नो हैसियत मेयरमा नै लड्ने भएकोले उपमेयर नलड्ने बताईन् ।

सुन्नुहोस् रेखासँगको फोनवार्ता:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu