आमा देखी टाढा रहँदा छोराको भावुक सम्झना, चलचित्र ‘मान्छे’को गीत सार्वजनिक



काठमाण्डौ। सामाजिक कथामा आधारित कमेडी र सन्देश मिसिएको निर्माणाधिन चलचित्र ‘मान्छे’मा समावेश हुने गीत ‘आमा’ रिलीज भएको छ ।

मातातिर्थ औँसीको अवसर पार्दै आमासँग सम्बन्धित गीत लिरिकल भर्सनमा इन्टरनेटमा सार्वजनिक भएको हो । गीतमा आमा भन्दा टाढा रहेर संघर्ष गरिरहेका छोराले आमालाई सम्झँदै भावना पोखिएको छ ।

आमाले आफु सानो छँदा भोगेका दुख-वेदना गीतमा भेटिन्छन् । चलचित्रका निर्देशक अजय अधिकारी शुसिलले आफ्नै शब्द, संगीत तथा स्वर यो गीतमा भरेका छन् । यो चलचित्र छिट्टै बन्ने निर्देशक अधिकारीले बताएका छन् । यो चलचित्रमा प्रियांका कार्की, बसुन्धरा भुषाल, लक्ष्मी गिरी लगायतको अभिनय रहनेछ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu