साम्राज्ञीसँग कम्मर मर्काउँदै करिश्मा



काठमाण्डौ। राजनीतिक सरगर्मी बढिरहेको बेला मंगलबार भने नायिका करिश्मा मानन्धर उनि आवद्द नयाँ शक्ति नेपाल पार्टीको कार्यक्रमलाई परै राखेर फिल्म ‘तिमी सँग’ को सुटिङमा व्यस्त भइन् । कलाकार शिशिर राणाको लेखन, निर्देशन र निर्माण रहेको फिल्म ‘तिमी सँग’ मा करिश्मालाई एउटा गीतमा मात्रै देख्न पाइनेछ । सोही गीतको छायांकनमा मंगलबार करिश्मा व्यस्त भईन् ।

‘शिशिर जीको आग्रहलाई टार्न सकिंन त्यसैले सुटिङमा आएको’ करिश्मा भन्दै थिइन्, ‘बुधबार पनि सुटिङमै व्यस्त हुन्छु होला । गीत पनि राम्रो छ’ । सबै नयाँ कलाकारहरु भएकोले ‍उनीहरुलाई हौसला दिन पनि आफु नाच्न तयार भएको उनले बताईन् ।

लोक लयको गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह, आकाश श्रेष्ठ, नाजिर हुसेन र अनुपम श्रेष्ठले कम्मर मर्काउने छन् । बालाजुस्थित एनएफडिसी लगाइएको सेटमा कोरियोग्राफर रामजी लामिछाने सबेरै पुगेका थिए । मंगलबार उनको जन्मदिन पनि परेको थियो । उनलाई सुटिङ युनिटले सेटमै वर्थ डे केक समेत काटिदिएको थियो । कोरियोग्राफर लामिछानेले जीवनमै पहिलो पटक जन्मदिनमा केक काटेको बताउँदै सबैलाई धन्यवाद दिए ।

निर्देशक तथा निर्माता राणाले सुटिङ सकाएर चााडै नै प्रदर्शन मिति घोषणा गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu