घरमै बसेर यसरी काट्न सकिन्छ ‘बाहुबली २’को टिकट



काठमाण्डौ। यही शुक्रबार रिलिज हुँदैछ यस बर्षको बहुप्रतिक्षित भारतिय चलचित्र ‘बाहुबली २’ अर्थात ‘बाहुबली: द कन्क्लूजन’ । झण्डै २ बर्षपछि दर्शकहरुले ‘आखिर कटप्पाले किन मारे त बाहुबलीलाई ?’ भन्ने जवाफ पनि पाउने भएका कारण ‘बाहुबली २’ प्रदर्शन अगावै प्रतिक्षित बनेको थियो ।

२०१७ को सबैभन्दा ठूलो फिल्म मानिएको ‘बाहुबली २’ नेपाल पनि यही शुक्रबारबाट प्रदर्शन हुँदैछ । पहिलो भागले राम्रै पैसा छापेको थियो नेपालमा र दोस्रो भागले पनि गज्जबकै पैसा छाप्नेमा नेपाल प्रदर्शन अधिकार पाएको गोपीकृष्ण मुभिज ढुक्क छ । १ करोड ३१ लाखमा नेपाल भित्राइएको ‘बाहुबली २’ को बुधबारबाट नेपालमा अग्रिम बुकिङ सुरु भएको छ ।

बुकिङ सुरु भएसँगै काठमाडौंका अधिकांश मल्टिप्लेक्सहरुमा अग्रिम टिकट बुकिङ गर्नेको संख्या ह्वात्तै बढेको छ । ‘बाहुबली: द कन्क्लूजन’ मा प्रभास, राणा दग्गुबती, अनुष्का शेट्टी लागयतका कलाकारहरु लिड रोलमा छ ।

आजकल मल्टिप्लेक्समा लाग्ने चलचित्रका टिकट काट्न हलसम्म पुगेर लाईन बस्नु पर्दैन । तपाईँले अनलाईन मार्फत बुकिङ् तथा टिकट काट्न सक्नुहुन्छ ।

यि वेबसाइटबाट काट्नुहोस् यो चलचित्रको टिकट:
QFX Cinemas –  http://www.qfxcinemas.com/
Big Movies –  http://tickets.bigmoviescinema.com/
Fcube – http://www.fcubecinemas.com/

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu