खतरनाक एक्शनको कारण ‘मेरी कुसुम’लाई ‘पिजी’ सर्टिफिकेट



काठमाण्डौ। चलचित्र ‘मेरी कुसुम’ ले सेन्सर बोर्डबाट ‘पिजी’ सर्टिफिकेट पाएको छ । जेठ २६ गतेबाट अलनेपाल रिलिज हुन तयार यो चलचित्रमा समावेश एक एक्सनको दृश्यका कारण ‘पिजी’ सर्टिफिकेट पाएको हो ।

मे ५ मा फिल्मको विशेष शो दुबईमा हुने भएकाले पनि यसको सेन्सर नेपाल प्रदर्शन भन्दा धेरै अगाडि गरिएको हो । एनआर घिमिरेको निर्देशनमा तयार भएको यो फिल्ममा मोहन बोगटी र हर्षिका श्रेष्ठको मुख्य भूमिका छ । कलाकार मोहन बोगटीले भने–‘हामीले यो फिल्ममा प्रेम कथाका साथमा सामाजिक बिषयलाई उठान गरेका छौ ।’

ट्रेलर रिलिजसँगै मोहनको एक्सनलाई पनि फिल्ममा खुबै रुचाइएको थियो । सुनिता शर्मा बोगटी यसको निर्मात्री हुन् । यो फिल्मको छायांकन म्याग्दी, पोखरा, काठमाण्डौ लगायतका क्षेत्रमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu