चलचित्र संगीत | ‘लम्फू’ र ‘छ एकान छ’ गीत रेकर्डिङ्



ठुलोपर्दा डटकम, काठमाण्डौ। आइतवार गोपाल चन्द्र लामिछाने निर्देशित चलचित्र ‘लम्फू’को गीत रेकर्डिङ् भएको छ। नक्सालस्थित साउन्ड डिजाइन स्टुडियोमा गायक राजेश पायल राई र गायिका रिजा उप्रेतीको स्वरमा ‘माया त दिउँला तिमीलाई जुनीभर…’ बोलको गीत रेकर्डिङ् भएको छ, जसमा दयाराम पाण्डेका शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ।
lamphu
लम्फूलाई शक्तिवल्लब घोरासैनीले निर्माण गरेका छन्। छायांकनको क्रममा रहेको यो चलचित्रमा नेपाली चलचित्रका चर्चित निर्देशक तथा ‘दलन’ नामक टेलिचलचित्रबाट अभिनयमा ख्याती कमाएका सुदर्शन थापा प्रमूख भुमिकामा छन्। चलचित्रका अन्य गीतहरुमा शिव परियार र प्रमोद खरेलले स्वर रहेको छ।

त्यस्तै, निर्देशक दिनेश डिसीले आइतवार आफ्नो जन्मदिनसँगै चलचित्र ‘छ एकान छ’को शिर्ष गीत रेकर्ड गराएका छन्। बरिष्ठ हाँस्य अभिनेता तथा हाँस्य गायक हरिवंश आचार्यको स्वरमा रहेको ‘छ एकान छ मेरो माया तिम्लाई छ …’ बोलको गीत रेकर्ड भएको छ। हाँस्य अभिनेता दिपकराज गिरीका शब्दमा राजन इशानको संगीत रहेको छ। हाँस्य टेलिचलचित्र ‘तीतो सत्य’का गैंडा अर्थात निर्मल शर्माले निर्माण गरेको यो चलचित्र पौष २६ मा रिलिज हुँदैछ।
6-ekan-6-song
दिपकराज गिरी, शिवहरी पौडेल, जितु नेपाल, केदार शर्मा, सिताराम कट्टेल र सन्दिप क्षेत्री तथा नायिका निता ढुङ्गानाको अभिनय रहेको सो चलचित्रलाई हरिवंशले ६ करोड भन्दा माथिको व्यापार गरोस् भन्ने शुभकमना दिएका छन्।
dc-birthday

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu