शुसिलको एक्शनमा ‘कारखाना’ ट्रेलर (भिडियो)



काठमाण्डौ। असार १६ गतेबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘कारखाना’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रम गर्दै प्रेम, द्वन्द्व र बदला मिश्रीत ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा नायिका बर्षा सिवाकोटी प्रेमकी पात्र बनेकी छिन् भने नायक शुसिल श्रेष्ठको दमदार एक्शन छ ।

चलचित्रमा सुशिल र बर्षाका अलवानविन लम्साल, जेविका कार्की, विकास उप्रेती, सुपी थापा लगायतका कलाकारको पनि अभिनय छ । अमरअदिप सापकोटाले निर्देशन गरेको ‘कारखाना’मा सुदिप खड्का र अमर बज्राचार्यको लगानी छ ।

चन्द्र पन्तको द्वन्द्व, अनिल शाही, हर्कुलस बस्नेत र कल्याणको संगीत रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu