‘म यस्तो गीत गाउँछु’मा यस्ता छन् तीन उत्कृष्ट गीत | Audio Jukebox



काठमाण्डौ। असार ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु’को अडियो जुकबक्स सार्वजनिक भएको छ । सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रमा ३ वटा गीत समावेश छन् । जसमा ‘भन्छु आज मनका कुरा’, कहाँ छ र’, किन आजकल तिम्रो मन’ बोलका गीत समावेश छन् ।

पहिलो गीतमा सुदर्शन थापाको शब्द, सुगम पोखरेल र अन्जु पन्तको आवाज छ । यस्तै, ‘कहाँ छ र’ बोलको गीतमा दिग्गज धौरालीको शब्द, प्रमोद खरेल र अन्जु पन्तको स्वर छ भने ‘किन आजकल तिम्रो मन’ बोलको गीतमा अम्बिका शर्माको शब्द, अर्जुन पोखरेलकै स्वर छ ।

यी तिन वटै गीत निकै कर्णप्रिय छन् । ‘भन्छु आज’ बोलको गीतको त भिडियो नै सार्वजनिक भैसकेको छ । पूजा शर्मा, पल शाह, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, नविन मानन्धर, विक्रम सेन, अर्जुन गुरुङ लगायतका कलाकारको चलचित्रमा मुख्य भूमिका छ ।

Audio Jukebox:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu