नेपालमा मात्र होइन विदेशमा पनि ‘होस्टेल’कै जगजगि



hostel-nepali-film-1ठुलोपर्दा डटकम, काठमाण्डौ। यस बर्षको सर्वाधिक व्यापार गर्न सफल चलचित्र ‘होस्टेल’ ख्याती प्रवासमा समेत चुलिएको छ। हाल युरोप, अमेरिकाका बिभिन्न देशहरुमा सफलताका साथ प्रदर्शनमा रहेको सो चलचित्र सबै शोमा हाउसफुल रहेको सम्बद्द श्रोतले जनाएको छ।

खड्का एण्ड सनले पुरै अष्ट्रेलियामा ‘होस्टेल’ प्रदर्शनको जिम्मेवारी पाएको छ। सिड्नीमा आइतवार प्रदर्शन भएको यो चलचित्र मंगलवार मेलवर्नमा चल्दैछ। सिड्नी शोमा हाउसफुल रहेको खड्का एण्ड सनका निर्देशक योगेन्द्र खड्काले जानकारी दिएका छन्। यसैगरि जापानमा वलेवा सेवा समाजले जनवरी १५ मा प्रदर्शन गर्दैछ। लण्डनमा के.के. मुविजले डिसेम्वर ८ मा प्रदर्शन गर्ने भएको छ। यसैगरि, अमेरिकामा इन्टरटेन्मेण्ट नेपालले प्रदर्शन गर्ने भएको छ। साथै हङ्कङ्मा पनि प्रदर्शन हुँदैछ।

युरोपका बिभिन्न देशमा हुने प्रदर्शनको लागि निर्माता सुनिल रावल त्यसतर्फ प्रस्थान गर्ने भएका छन्। उनि डिसेम्बर दोश्रो साता युरोप जाने भएका छन्। फिनल्याण्डमा यसअघि नै प्रदर्शन भइसकेको छ। सोमवार ठुलोपर्दा डटकमसँगको कुराकानीमा रावलले नेपालमा पनि बिग्रेको सिनेमा बजारलाई सुधारेको ‘होस्टेल’ले प्रवासमा बिग्रिएको नेपाली सिनेमा बजारलाई स्वस्थ बनाएको दावी गरेका छन्। ‘२ शो पक्का भएकोमा ४ शो चलेको छ, नराम्ररी बिग्रेको बजारलाई होस्टेलले सुधार्ने संकेत देखिईसकेको छ। यसकै कारण थुप्रै राम्रा नेपाली चलचित्रलाई त्यहाँ प्रदर्शनको लागि राहत मिल्नेछ’ रावलले बताए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu