अमेरिकी निर्देशकसँग नेपाली चलचित्रकर्मीहरुको अन्तरक्रिया



काठमाण्डौ। अमेरिकी चलचित्र निर्देशक शालिनी कौन्तेय र नेपाली चलचित्रकर्मीहरु बीच अन्तरक्रिया भएको छ ।

शालिनी नेपाल आएको अवसर पारेर शुक्रवार नेपाल चलचित्र संघको कार्यालयमा आयोजना गरिएको अन्तरक्रियाबाट अमेरिकामा नेपाली फिल्मलाई पहिचान गराउन लागि के कस्तो सहयोग हुन सक्छ र अमेरिकामा नेपाली फिल्मको बजारलाई कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप उदयले जानकारी दिए ।

नेपाल फिल्म सोसाइटी र नेपाल चलचित्र संघको संयुक्त आयोजना र अमेरिकी राजदूतावासको पहलमा भएको कार्यक्रममा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष सुचित्रा श्रेष्ठ, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, निर्देशकहरु विश्व बस्नेत, उज्वल घिमिरे, के.पी. पाठक, राजेन्द्र शलभ, यम थापासँगै बरिष्ठ कलाकारहरु भुवन चन्द, बसुन्धरा भुसाल, सुनिल थापा तथा नेपाल चलचित्र संघका कोषाध्यक्ष गोपालकाजी कायस्थ लगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu