हेटौडा। चलचित्र पत्रकार संघ, नेपालको मकवानपुर शाखाले १८ औं चलचित्र पत्रकारीता दिवसको अवसर पारेर आइतवार सम्मान र पुरस्कार प्रदान गरेको छ । चलचित्र पत्रकार संघ, नेपालको मकवानपुर शाखाले चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष शान्तिप्रियलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मानबाट सम्मानित गर्यो भने पत्रकारिता पुरस्कारबाट कपिल खड्कालाई पुरस्कृत र कलाकारीता सम्मानबाट कलाकार भोलाराज सापकोटालाई सम्मानित गर्यो ।

कार्यक्रममा शान्तिप्रियलाई शाखा अध्यक्ष मनिराज गौतम, प्रमुख अतिथि नरेन्द्र महर्जन र विशिष्ट अतिथि प्रदीप उदयले नगद ११ हजार १ सय ११ राशी सहित सम्मानपत्र, दोसल्ला र ढाकाटोपी लगाएर सम्मान गरेको थिए ।
त्यस्तै, पत्रकार खड्का र कलाकार सापकोटालाई नगद राशी ५ हजार सहित ताम्रपत्र, दोसल्ला र ढाकाटोपी मार्फत पुरस्कृत गरिएको थियो ।


