तीन दिनमा ‘हिटलर’को व्यापार कस्तो ?



काठमाण्डौ। यसै शुक्रबारबाट रिलिजमा आएको चलचित्र ‘हिटलर’लाई दर्शकले मन पराएको बताईएको छ । चलचित्रका निर्देशक सौरभ ढकालका अनुसार शुक्रबार चलचित्रको अकुपेन्सी ५० प्रतिशत भन्दा माथि रहेको र शनिबार ७० प्रतिशतको आसपासमा रहेको छ ।

चलचित्र हेर्ने अधिकांश दर्शकले कलाकारद्वय मेनुका प्रधान र ए गुरुङलाई रुचाएका छन् । प्रचारमा खासै नहिडेका यी कलाकारलाई दर्शकले मन पराएको र ए गुरुङ पर्दामा देखिदा दर्शकले हुटिङ गरेको निर्देशक ढकालको भनाई छ ।

यसबाहेक, यसअगाडि केही चलचित्रमा अभिनय गरेर पनि खासै चर्चामा नआएका नायक सोहित मानन्धरलाई दर्शकले यसमा भिन्न शैलीमा देखेका छन् । सोहितले चलचित्र रिलिज अगाडि ‘हिटलर’ आफ्ना लागि कोशेढुंगा हुने बताउँदै आएका थिए ।

निर्देशक ढकालले भने-‘चलचित्रको व्यापार औषत हो । तर, हेर्ने दर्शकले मन पराउनु भएको छ । वर्ड अफ माउथले व्यापार बढ्नेमा आशावादी छौ ।’ अष्टनारायण पिक्चर्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा सोहित मानन्धर, मेनुका प्रधान, ए गुरुङ, नव-नायिका सामिया बर्तौलाको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu