‘भूईँमान्छे’ रिलिज मिति घोषणा



काठमाण्डौ। शव पोस्टमार्टम गर्ने मानिसको मनोविज्ञानमा आधारित भएर निर्माण भएको चलचित्र ‘भूईँमान्छे’ रिलिज मिति घोषणा भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको रिलिज डेट घोषणा र टीजर सार्वजनिक गरियो ।

यो चलचित्र साउन २० गतेबाट अलनेपाल रिलिज हुँदैछ । नबराज बुढाथोकीको निर्देशनमा तयार भएको यो फिल्ममा सिपोरा गुरुङ्ग, रमेश बुढाथोकी, सहिन प्रजापति, रोहणी भट्टराई, बादल भट्ट, रामबाबु रेग्मी, शसांक बोहोरा, आर्यान न्यौपाने, नारायण न्यौपाने, सानु ताम्राकार, सौरभ ढकाल, हरि यादव लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

विदुर पाण्डेले खिचेको यो फिल्ममा अर्जुन पोखरेल र देवेन्द्र राई संगीत, काम कमल राई र कविराज गहतराजको कोरियोग्राफी र अष्ट महर्जनको द्धन्द्ध निर्देशन छ । फिल्मका कार्यकारी निर्माता रोहिणी भट्टराइ हुन् भने सहायक निर्मातामा निरुपा राज्य लक्ष्मी थापा र हरि यादव छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu