‘होस्टेल त लुटको बाउ नै रै’छ यार’



hostel-nepali-film-1कुमार पौडेल, ठुलोपर्दा डटकम, लमजुङ।
नेपाली चलचित्र अस्ताएको बेला रिलिज भएको नेपाली चलचित्र ‘लुट’लाई प्राय:ले वाह नेपाली चलचित्र भन्दै तारिफ गरेका थिए । त्यसपछि पुन: अस्ताएको नेपाली चलचित्र फेरी जुर्मुराएको छ। गत साता सुनिल रावलको ‘होस्टेल’ रिलिज भएपछि फेरी अर्को आशा थपिएको छ।

राम्रो चलचित्र बनाए अवश्य चल्छ भन्ने प्रमाण सहित यो चलचित्रले यस बर्ष सबैलाई उछिन्दै दर्शकको मन जितिसकेको छ। यतिबेला लमजुङ्मा पनि होस्टेल चलिरहेको छ। त्यहाँको दर्शकको प्रतिक्रिया अचम्मको आएको छ। पहिले लुटको तारिफ गरेका दर्शकले होस्टेल हेरेपछि यस्तो बताएका छण्, ‘होस्टेल त लुटको बाउ नै रै’छ यार’। यो नेपाली चलचित्रका दर्शकको प्रतिक्रिया हो।

चलचित्र हेर्न बेशिशहरमा आएका टाढा-टाढाका दर्शक मध्ये कोही टिकट नपाएर अर्को शो हेर्न बाध्य भएका थिए र कोही भने पहिलो शो मा नै कोचिएर भएपनि होस्टेल हेरेरै छाडेका थिए।’ जे होस् होस्टेल त खतरा नै बनाएको रहेछ’ भन्ने लमजुङ्का मात्र नभई नेपाली चलचित्र प्रेमीहरुको अनुहार यतिबेला खुशी छाएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu