गायक सन्तोष लामाको नयाँ गीत रिलीज (भिडियो)



‘आफ्नो मन’, ‘कसले सुरुवात गर्‍यो’ लगायतका चर्चित गीत श्रोतामाझ ल्याइसकेका गीतकार कृष्ण के.सी.ले लेखेको ‘कोहि त बताइदेउ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । हरि लम्सालको संगीत रहेको गीतमा सन्तोष लामाको स्वर छ ।

‘दोश्रो नेपाली तारा’ सन्तोष नेपाली चलचित्रको पार्श्र्व गायनदेखि आधुनिक र पप गीतको गायनमा चर्चित छन् । ‘बेहुली, बटुवा’ जस्ता गीत बजारमा ल्याइसकेका सन्तोषले चलचित्र ‘विर्खेलाई चिन्छस्, प्रेमगीत’ जस्ता चलचित्रमा समेत स्वर दिइसकेका छन् ।

सन्तोषको चौथो एल्बम ‘सहकार्य’मा यो गीत समावेश हुनेछ । सन्तोषले एल्बम चाडै नै बजारमा आउने बताए । यो गीतको भिडियोमा जीवन रसाइलीको सम्पादन, छायांकन र निर्देशन छ । गीतको भिडियोमा सुमन कँडेल, यमुना गैरेको मोडलिङ हेर्न सकिन्छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu