आज शुक्रवारबाट दुई चलचित्रले देशव्यापी प्रदर्शन सुरु गरेका छन् । दुई फरक स्वादका फिल्म ‘लाल्टिन’ र ‘आधा लभ’ आज शुक्रवारबाट प्रदर्शनमा उत्रिएका हुन् ।
अपराधिक घट्नामा आधारित भएर निर्माण भएको फिल्म ‘लाल्टिन’ लाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । यो फिल्ममा दयाहाङ राई, प्रियका कार्की, केकी अधिकारी, अर्जुन जंग शाही, मेलिना मानन्धर लगायतको अभिनय रहेको छ। यस फिल्ममा निर्जन थापा र राज कटुवालले डेब्यू गर्दैछन्। फिल्मलाई भानु प्रताप, अनिम श्रेष्ठ र राज केसीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
त्यस्तै, फिल्म ‘आधा लभ’ लाई नायिका ऋचा शर्माले निर्माण गरेकी हुन् । उनको यो डेब्यू निर्माण फिल्म हो । मानिसको जीवनमा आउने अनेकौं दुख र संघर्षको कथा बोल्ने ुआधा लभु मा ऋचा शर्मा, अर्पण थापा, मिथिला शर्मा, टीका पहारी, रेमनदास श्रेष्ठ, रोजिशा शाही, विपिन मिक्की गुरुङलगायतले अभिनय गरेका छन्।
शिसन बानियाँले खिचेको फिल्ममा सुजिल कर्माचार्यले संगीत दिएका छन्। निमेष श्रेष्ठले फिल्मको सम्पादन गरेका हुन्। फिल्मलाई अर्पण थापाले निर्देशन गरेका हुन् ।