अभिनेता निरज बराल र पूर्व मिस नेपाल इशानी श्रेष्ठले क्यालिफोर्नियामा नयाँ मिस नेपाल खोज्ने भएका छन् । आउँदो शनिबार अमेरिकाको सन फ्रान्सिस्कोमा हुन लागेको ‘मिस नेपाल क्यालिफोर्निया २०१७’ मा मुख्य निर्णायकको रुपमा दुवैले नयाँ मिस क्यालिफोर्नियाको विजेता छान्न लागेका हुन् ।
कार्यक्रममा इशानीले भने प्रतियोगीलाई कोरियोग्राफ पनि गर्नेछिन् । अभिनेता निरज केही वर्षयता अमेरिकामा नै बस्दै आएका छन् भने इशानी सोही प्रतियोगिताका लागि अमेरिका जाँदैछिन् । उनीहरुलाई सन् २०१७ की भारतकी मिस इन्टरनेसनल इशा अग्रवालले साथ दिँदैछिन् ।
अमेरिकाको विभिन्न राज्यमा रहेका नेपाली युवतीमा भएको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यसहित अमेरिकाको क्यालिफोर्निया राज्यमा ‘मिस नेपाल क्यालिफोर्निया २०१७’ आयोजना हुन लागेको हो । अमेरिकाको सन फ्रान्सिस्कोमा रहेको चहल पहल प्रोडक्सन र एफ वन ग्रुपको संयुक्त प्रयासमा दोस्रो संस्करणको ‘मिस नेपाल क्यालिफोर्निया २०१७’ हुन लागेको हो । यसअघि सोही संस्थाले सन् २०१५मा पहिलो संस्करणको कार्यक्रम आयोजना गरिसकेको थियो ।
जुन १७ अर्थात असार ३ मा अमेरिकाको सन फ्रान्सिस्कोस्थित हिल्टन होटलमा आयोजना हुने कार्यक्रममा १० जना युवतीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । अनलाइन आवेदन तथा अडिसन मार्फत आवेदन परेका करिब दुई दर्जन युवतीबाट अन्तिम १० को नाम तय गरिएको आयोजकले जनाएको छ । यसरी अन्तिम १० मा परेकी प्रतियोगीलाई पूर्व मिस नेपाल इशानी श्रेष्ठ तथा भारतकी मिस इन्टरनेसनल इशा अग्रवालले कोरियोग्राफ गर्ने आयोजकले जनाएका छ ।
आयोजक संस्थाका अध्यक्ष सन्तोष न्यौपानेका अनुसार कार्यक्रममा अभिनेत्री नन्दिदा केसीले कार्यक्रममा नृत्य प्रस्तुत गर्दैछिन् भने नेपालका चर्चित स्ट्यान्डअप कमेडियन सन्दिप क्षेत्रीले कार्यक्रम होस्ट गर्दैछन् । अन्तिम प्रतिस्पर्धाका लागि सदिक्षा पोखरेल,अनुशा महर्जन, अन्जली खड्का, रोज लामा, अनिता चौंलागाइा, रचना पोखरेल, डिप्ली फाजु, गायत्री बराल, परिशा रानाभाट र ओसिन रायमाझी छनोट भएका छन् । उनीहरुलाई कलाकार सुनिल थापा, गायिका नलिना चित्रकार, आरजे सुमित सिग्देल, राजन गिरी र नबिना बस्नेतले छनोट गरेका हुन् ।
अभिनेता निरजले विदेशी भूमिमा नेपाली चेलीको क्षमता अभिवृद्धि गर्ने कार्यक्रममा सहभागी हुन पाउादा खुशी लागेको बताएका छन् । त्यसैगरि सन् २०१३ की मिस नेपाल इशानी श्रेष्ठले पनि प्रतियोगिता सहभागिता हुन र प्रतियोगीसाग आफ्नो अनुभव साट्न आतुर रहेको बताएकी छिन् । प्रतियोगीको ड्रेस डिजाइनको काम भने शुभेच्छा भडेलले गरिरहेकी छिन् ।
आयोजक न्यौपानले अघिल्लो संस्करणमा कार्यक्रमको खर्च कटाएर उठेको १३ लाख रुपैंया गोरखाको एक विद्यालय निर्माणका लागि दिएको बताए । यो साल पनि कार्यक्रमको खर्च उठाएर बचेको पैसा त्यसरी नै कुनै न कुनै सामाजिक काममा खर्चने बताएका छन् ।