काठमाण्डौ। यो समाचार तयार पार्दासम्म नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु’ को ट्रेलर यूट्युबको नेपाल ट्रेन्डिङ नम्वर एकमा आएको छ । अपलोड भएको चौबीस घण्टा नपुग्दै सुदर्शन थापा निर्देशित यो फिल्मको ट्रेलर पहिलो स्थानमा पुग्न सफल भएको हो ।
ट्रेलर शुक्रबार साँझ अपलोड गरिएको थियो । असार ३० गतेदेखि अल नेपाल प्रदर्शनमा आउने फिल्म म यस्तो गीत गाउँछु सांगीतिक लभ स्टोरी फिल्म हो । जहाँ पल शाह र पूजा शर्मा मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।
पल र पूजासँगै अभिनेता सरोज खनाल, अभिनेत्री रुपा राणा लगायतको अभिनय रहेको छ । अर्जुन पोखरेलको संगीत र संजय लामाको सिनेम्याटोग्राफी फिल्मको गीत तथा संगीत हिट भैसकेका छन् भने प्रोमो प्रशंसा पाइरहेको छ ।
ट्रेलर: