काठमाण्डौ। बलीउड तथा नेपाली अभिनेत्री मनीषा कोइरालालाई नेपाल सरकारले बागमती सफाइ महाअभियानको सद्भावना दूतमा मनोनीत गरेको छ । महाअभियानको बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा कोइरालाको नाम अनुमोदन गरेको हो ।
मनिषा शनिबारबाट हुने २१४ औं साताको बागमती सफाइ कार्यक्रममा सहभागी हुने बताईएको छ । २०७० जेठ ५ देखि हप्तामा एक दिन शनिबार बागमती सरसफाई हुँदै आएको छ ।