गोपीकृष्ण मुभिजका संस्थापक उद्दव पौडेल भारी मतले पराजित



uddav-poudelठुलोपर्दा डटकम, काठमाण्डौ। दोश्रो संविधानसभा निर्वाचनमा राप्रपा नेपालको तर्फबाट काठमाण्डौ क्षेत्रमा नं. ४ बाट प्रत्यक्ष तर्फका उम्मेदवार चलचित्र हल व्यवसायी उद्दव पौडेल भारी मतान्तरले पराजित भएका छन्। पौडेल चावहिलमा रहेको गोपीकृष्ण मुभिजका संस्थापक हुन्।

पौडेलको क्षेत्रबाट नेपाली कांग्रेसका युवा नेता गगन थापा विजयी भएका छन्। दोश्रो स्थानमा नेकपा एमालेका निर्मल कुईँकेल छन् भने तेश्रो स्थानमा एनेकपा माओवादीमा नन्द किशोर पुन रहेका छन्। पौडेलले चौँथो नंम्बरमा नै चित्त बुझाउनु परेको छ। थापाले २२३३५, कुईँकेलले ९०३१, पुनले ६४५७ र पौडेलले ३२६१ मत प्राप्त गरेका थिए।

त्यस्तै, बालाजु स्थित अष्टनारायण सिनेमा हलका सञ्चालक रामविर मानन्धर पनि नेकपा एमालेको तर्फबाट काठमाण्डौ ७ मा विजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu