नायक खनालद्वारा एचआईभी संक्रमीतहरुलाई सहयोग हस्तान्तरण



saroj-khanal-help-HIVहरि कार्की ‘लक्की’, चितवन। चितवन सक्रिय समुहको सहयोगार्थ अमेरीकामा प्रर्दशन गरिएको नेपाली चलचित्र रिदमको च्यारीटी सो मार्फत संकलीत रकम आज एक समारोहका विच हस्तान्तरण गरिएको छ । भरतपुरमा आज आयोजीत एक समारोहमा समुहकी कार्यकारी निर्देशक दीक्षा रिमाललाई संकलीत नगद रु १ लाख १ रुपैया च्यारीटी सो का संयोजक तथा नेपाली फिल्मका नायक सरोज खनालले हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा बोल्दै नायक खनालले एचआईभी संक्रमीतहरुलाई गरिएको सहयोगले थौरै भएपनि स्वास्थ्य शिक्षामा राहत मिल्ने विश्वास ब्यक्त गर्दै आगामी दिनहरुमा समेत सहयोगलाई निरन्तरता दिने बताउनु भयो । समुहकी कार्यकारी निर्देशक दिक्षा रिमालले च्यारीटी सो मार्फत भएको सहयोगले एचआइभी संक्रमीत बालबालिकाहरुलाई राहत मिलेको बताउनु भयो ।

चितवन सक्रिय समुहमा हाल २८ जना एचआईभी संक्रमीत बालबालिकाहरु रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu