सौगात मल्ल भिलेन या नायक ? संरक्षण ट्रेलर रिलीज (भिडियो)



काठमाण्डौ। नेपाली चलचित्र ‘संरक्षण’को ट्रेलर रिलिज भएको छ । यसअघि साउन १३ गतेलाई रिलिज फाइनल गरिएको ‘संरक्षण’ले साउन २७ गतेलाई नयाँ रिलिज डेट घोषणा गर्दै ट्रेलर सार्वजनिक गरेको छ ।

सार्वजनिक ट्रेलरमा मधेशको कथा पाईन्छ । मधेशमा खटिएका प्रहरी र त्यहाँका राजनीतिक दलका नेताहरु बीचको भिडन्त ट्रेलरमा देख्न सकिन्छ । नायकद्वय निखिल उप्रेती र सौगात मल्ल प्रहरीको भूमिकामा छन् । सौगातको भूमिका ‘पोजेटिभ’ हो या ‘नेगेटिभ’ ट्रेलर हेरेर अनुमान लगाउन मुश्किल छ ।

पुर्णेन्दु झाले निर्देशन गरेको फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ । फिल्मलाई प्रदिपकुमार उदय र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

फिल्ममा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन छ । राजनीति, क्राइम, पत्रकारिता, राजनीतिज्ञ लगायतको कथालाई एकसाथ यो फिल्ममा उतारिएको छ ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu