किन बेखुशी छिन् केकी अधिकारी (भिडियो)



keki-sadठुलोपर्दा डटकम, काठमाण्डौ। आजकल नायिका केकी अधिकारीको मनमा शान्ति छैन, चयन छैन। आँखामा आँशु मात्र छ, अनुहार मलिन छ अनि भन्दैछिन् मायामा धोका भयो। पुष २६ गते रिलिजको लागि कस्सिएको नेपाली चलचित्र ‘बितेका पल’को नयाँ प्रोमोमा सो चलचित्रकी नायिका केकीलाई यस्तै स्वरुपमा पाईन्छ।

मूख्य कलाकारलाई देखाईएको यो प्रोमो बियोगको कथामा छ। यसबाट वियोगान्त प्रेमकथामा ‘बितेका पल’ बनेको छ भन्ने अनुमान लगाउन सकिन्छ। जोशिला युवा लगानीकर्ता राजेश घतानीको निर्माणमा सुरज सुब्बा ‘नाल्बो’को निर्देशनमा तयार यो चलचित्रमा केकीका अलावा अभिवास गुरुङ् तथा बाबु बोगटी लगाएतका कलाकारहरुको अभिनय रहेको छ। बितेका पलका कार्यकारी निर्माता क्रिश रिजाल हुन्।

Watch Promo Here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu