शेरबहादुर बन्दै ‘राते काईँला’



काठमाण्डौ। ‘शेरबहादुर’ नामक चलचित्र बन्ने भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘शेरबहादुर’को शुभ मुर्हुत गरियो ।

फिल्मका निर्माता गौरशंकर धुजुले ‘शेरबहादुर’ प्रधानमन्त्री शेरबहादुर देउवाको जीवनमा आधारित फिल्म नभएको बताए । फिल्मको शुभ मुर्हुत गर्दै हास्यकलाकार हरिवंश आचार्यले चलचित्र भनेको चल्नकै लागि निर्माण हुने भएका कारण ‘शेरबहादुर’ पनि हलमा राम्रोसँग चल्नेमा विश्वस्त रहेको बताए ।

चलचित्रमा ‘राते काईँला’ उर्फ सुनिल थापाले ‘शेरबहादुर’को भूमिका निर्वाह गर्दैछन् । ‘मलाई आजसम्म ‘राते काईला’ र मेरी कोममा निर्वाह गरेको बक्सर गुरुको नामले चिन्ने गर्छन् अब ‘शेरबहादुर’ रिलिज भएपछि मलाई यो नामले पनि चिन्नेछन्’, कार्यक्रममा थापाले बताए ।

थापाका अलावा कर्मा शाक्य, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकाहरुको चलचित्रमा मुख्य भूमिका रहने छ । चलचित्रलाई आर राजवंशीले निर्देशन गर्दैछन् । चलचित्रमा धिरज राजवंशीको पनि लगानी रहेको छ ।

तश्वीर : कमल प्रसाई
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu