‘संगीतमय फ्रेम हुन् ‘उर्वशी’, जसले प्रेमीका भावना बुझ्छीन्’



urbashi-musicalठुलोपर्दा डटकम, काठमाण्डौ। अर्को साता देशव्यापी प्रदर्शनमा आउने नेपाली चलचित्र ‘उर्वशी’का अन्तर-कुन्तरका कुराहरु बाहिरिदा दर्शकमा नौलौ उत्साह जागिरहेको छ। प्रतिक्षित यो चलचित्रको प्रोमो तथा पोस्टर नियाल्दा प्रेम बीचको द्वन्द्व बुझ्न सकिन्छ। यसै सन्दर्भमा सो चलचित्रका मूख्य खलनायक प्रदिप ढकालले ‘उर्वशी’लाई संगीतमय फ्रेम भएको बताएका छन्।

ठुलोपर्दा डटकमसँगको बिशेष कुराकानीमा ढकालले ‘उर्वशी’ विशुद्द प्रेमकथा रहेको बताउँदै अकस्मात हुने एकतर्फी साँचो प्रेम कसरी दुईतर्फी हुन जान्छ भन्ने स्पष्ट हुने बताए। ‘उर्वशीको माया एकतर्फी हुन्छ जुन पछि गएर दुईतर्फी हुन्छ। उर्वशी एउटा संगीतमय फ्रेम हो, जहाँ हामीले प्रेममा तड्पिएकाहरुको भावनालाई सजाउने प्रयास गरिएको छ’ ढकालले बताए। उर्वशीको सफलताप्रति आफू ढुक्क रहेको बताउँदै उनले यो चलचित्रले चुनावमा थकित दर्शकलाई ‘रिफ्रेश’ गर्ने हिम्मत राख्ने विश्वास व्यक्त गरे।

ढकालले यसअघि ‘उर्वशी’का निर्देशक मनिष पन्थले नै निर्देशन गरेको चलचित्र ‘हाम्री चेली’मा अभिनय गरेका थिए। सोहि चलचित्रमा गरेको अभिनयको प्रभावबाट यो चलचित्रमा मूख्य खलनायकको भुमिका पाएका ढकालले निर्देशक र निर्माताले आफूबाट धेरै आशा गरेकोले आफ्नो पनि चलचित्रको व्यावसायमा जिम्मेवारी रहने बताए। ”उर्वशी’ पछि मेरो भविष्य एकदम राम्रो देखेको छु। हाल केहि चलचित्रमा मूख्य खलपात्रमा काम गरिराखेको छु। यतिबेला ‘उर्वशी’को प्रतिक्रिया लिन आतुर छु’ ढकालले बताए।
pradeep-dhakal-urbashi
‘उर्वशी’मा प्रदिप ढकाल, अरुणीमा लम्साल, नीता ढुंगाना, किशोर खतिवडा, मुकेश आचार्य, किशोर श्रेष्ठ, रश्मी भट्ट, संगम राई लिम्बु आदि कलाकारको मुख्य भूमिका छ । चलचित्रको कार्यकारी निर्माता खगेश्वर पुन हुन् । चलचित्रमा बब्बु थापाको नृत्य, सानु कुमार महर्जनको एक्सन र रोशन लामिछानेको सम्पादन, दिव्य सुवेदीको छायाँकन छ । वीरेन्द्र अग्रहरी, विकास चौधरी र अर्जुन कौशलको संगीत रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu