काठमाण्डौ। यसअघि तपाईँले ‘कुटुमा कुटु सुपारी दाना’ बोलको गीत सुन्नुभएकै थियो । अब उक्त गीत समावेश भएको चलचित्र ‘२ रुपैयाँ’को अर्को गीत सार्वजनिक भएको छ ।
सार्वजनिक क्लब गीत ‘टल्क्यो जवानी’मा सुमि मोक्तानले नृत्य गरेकी छन् भने निश्चल बस्नेत र अशिफ शाह पनि नृत्यमा सरिक छन् । सुमि मिस तामाङ २०१२ हुन् ।
यो गीतमा कलाकारहरू आशिफ शाह र निश्चल बस्नेत आफैँले स्वर दिएका छन् भने गायिका मीना निरौला हुन् । एकतारे र सुरज शाही ठकुरीले लेखेको गीतका सङ्गीतकार रोशन थापा हुन् । चलचित्र भाद्र २३ मा रिलीज हुँदैछ ।
भिडियो: