दुर्गिश फिल्मसको तेश्रो चलचित्रमा स्वप्निल एक्ला संगीतकार



sunil's-3rd-film-musicठुलोपर्दा डटकम, काठमाण्डौ। यसअघि ‘सायद’ र ‘होस्टेल’ जस्ता चर्चित चलचित्र बनाएको ब्यानर दुर्गिश फिल्मसको तेश्रो अनटाइटल प्रोजेक्टको संगीतमा ‘द श्याडोज् ब्याण्ड’का स्वप्निल शर्माको एकल संगीत रहने भएको छ। यसअघि दुईवटै चलचित्रका एक-एक वटा गीतमा स्वप्निलको संगीत थियो।

निर्माता सुनिल रावलका अनुसार सोमवारवाट नयाँ चलचित्रको संगीतको काम सुरु भएको छ। ‘यसअघिका फिल्म हरुमा दर्शकहरुलाई राम्रो म्युजिक दिने प्रयास गरेको छु र तेश्रो फिल्ममा विगतका गल्तीलाई सुधार्दै अझै राम्रो गर्नेछु’ निर्माता रावल भन्छन्, ‘मेरा दुईवटा चलचित्रमा एक-दुईवटा गीतको जिम्मा दिएको द श्याडोजका स्वप्निल शर्मालाई तेश्रो फिल्मको म्यूजिकको पुरै जिम्मा सुम्पिएको छु’।

रक म्यूजिकमा चर्चा कमाएका स्वप्निलले यो चलचित्रबाट ‘मेलोडिएस्’ गीतमा पनि आफ्नो प्रतिभा देखाउँदै छन्। उनले थारु भाषाको परम्परागत गीत ‘सखिए हो माघी की पिली गुरी गुरी जाड’ लाई फ्यूजन गर्दैछन्। उक्त गीत झ्याउरे गीतसँग फ्यूजन गरिने निर्माता रावलले बताए। रावलको पहिलो चलचित्र ‘सायद’मा देउडा गीतलाई फ्यूजजन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu