काठमाण्डौ। शुक्रबार रिलीज हुने नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु’को प्रिमियर गरिएको छ । काठमाण्डौको कुमारी हलमा आयोजित प्रिमियरमा चलचित्रकर्मी तथा पत्रकारहरुको उपस्थिती थियो ।
प्रिमियर हेर्न पुगेका अधिकांशले चलचित्र मन पराएका छन् । दयाहाङ् राई, दीपकराज गिरी, रेखा थापा, झरना थापा, दीपाश्री निरौला, आँचल शर्मा, अशिष्मा नकर्मी, स्वस्तिमा खड्का लगायत हलमा पुगेका थिए ।
शुक्रबारदेखि रिलिज हुन लागेको यो चलचित्रले राम्रो व्यापार गर्ने विश्वास गरिएको छ । सुदर्शन थापा निर्देशित यो चलचित्रमा पल शाह र पुजा शर्माको प्रमूख अभिनय छ ।
फोटो: बिबेक बश्याल