माघ १७ गते निर्माताको कथामा हाँसोको बाढी आउने



producer-poster
ठुलोपर्दा डटकम, काठमाण्डौ।
हप्तै पिच्छे रिलिज भईरहेका चलचित्रहरु नचलेर निर्माताको कन्तबिजोग भइरहेका बेला उनीहरूकै विषयलाई लिएर बनाइएको चलचित्र ‘प्रोड्युसर’ आउने भएको छ। माघ १७ गते रिलिज पक्का भएको सो चलचित्र म्युजिक भिडियो क्षेत्रका निर्देशक जनकदीप पराजुलीद्वारा निर्देशित छ।

राजकुमार राईद्वारा निर्मित फिल्ममा श्याम अर्याल, श्वेता भट्टराई, श्याम राई, विल्सनविक्रम राई, पायल रायमाझी लगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन् । चलचित्र उद्योगकै विषयवस्तुलाई आधार बनाएर निर्माण भएको चलचित्र ‘प्रोड्युसर’मार्फत संचारकर्मी श्याम अर्यालले नायकको रुपमा डेब्यू गरेका छन्। अर्याल यसअघि ‘आई एम सरी’मा सह नायक बनिसकेका छन्।

त्यस्तै, थुप्रै म्यूजिक भिडियो निर्देशन गरेका जनकदीप पराजुली पनि ‘प्रोड्युसर’ मार्फत ठुलोपर्दा निर्देशनमा डेब्यू गरेका हुन्। चलचित्र प्रोड्युसर निर्देशक तथा नायकको टर्निङ प्वाइन्ट मानिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu