चलचित्र ‘मेरी कुसुम’को व्यापारले उत्साहित रहेको बताउँदै निर्माता तथा कलाकार मोहन बोगटीले अब अझै स्तरिय फिल्म बनाउने बताएका छन् । शुक्रबारबाट रिलिज भएको चलचित्र ‘मेरी कुसुम’ले नेपालमा सामान्य व्यापार गर्यो । तर, पनि यसका निर्माता तथा मुख्य कलाकार मोहन बोगटी खुशी छन् ।
उनले आफु बस्ने शहर दुबइबाट नै लगानीको ९० प्रतिशत उठाएका थिए, जसको कारण पनि उनलाइ नेपालको व्यापारमा पुरा भर पर्नु परेन । उनले नेपालबाट आउने रकमले आफू सुरक्षित रहेको बताएका छन । हामीसँग कुरागर्दै मोहनले भने, ‘पहिलो चलचित्र रिलिज होला कि नहोला भन्ने अन्यौलताका बीच दर्शकले मन पराइदिनुभयो । मलाई अब, नयाँ चलचित्र अझ उत्कृष्ट बनाउने हौसला मिलेको छ ।’ मोहन भन्छन्, ‘पहिलो चलचित्र बनाएर मैले धेरै कुरा वुझे । दर्शकले दिनुभएको मायाप्रति आभारी छु ।’
सुनिता शर्मा बोगटी र रविन्द्र कुँवरको निर्माणमा तयार भएको यो चलचित्रमा मोहन र नायिका हर्षिका श्रेष्ठको मुख्य भूमिका छ । प्रेम र एक्सनको मिश्रण यो चलचित्र अहिले देशभरका हलमा चलिरहेको छ । मोहनले चाडै नै दोश्रो चलचित्रको घोषणा गर्ने पनि बताएका छन् ।