पाँच महिना पछि सम्पादनमा ‘बर्दी’ | सुरक्षा बिनाको समाज देखिने



bardiठुलोपर्दा डटकम, काठमाण्डौ। सुटिङ भएको करिब पाँच महिना पछि चलचित्र ‘बर्दी’को सम्पादन सोमबारबाट सुरु भएको छ । विजयविक्रम बस्नेतले निर्देशन गरेको फिल्मको सुटिङ बेलैमा सके पनि केही प्राविधिक कारणले फिल्म सम्पादन कक्षमा ढिलो पुगेको हो ।

फिल्मका निर्माता कुमार आचार्यका अनुसार राजधानीको कालीगण्डकी सिनेम्याक्समा रविन्द्र खड्काले फिल्मको सम्पादन सुरु गरेका छन् । आचार्यले केही दिनभित्र सम्पादनको काम सकिने जानकारी दिए । फिल्मले समाजमा सुरक्षा निकायको उपस्थिति नहुँदा समाजको अवस्था विकराल किसिमको हुन्छ भन्ने सन्देश बोकेको छ ।

फिल्ममा कुशल थापा, रूपा खनाल, अनु शाह, वीरेन डिसी, आरपी भट्टराई, शिव खड्का, सरोज शाह, म्याण्डी बाबु र भानु प्रतापको अभिनय रहेको छ । सानु महर्जनको द्वन्द्व, पुरुषोत्तम बस्नेत, दिपेशराज गौतम र अनिला खड्काको गीत, विकास चौधरीको संगीत, प्रदीप श्रेष्ठको कोरियोग्राफी तथा गणेशकुमार श्रेष्ठको छायांकन फिल्ममा रहेको छ ।

निर्माता आचार्यका अनुसार हेटौंडा, सर्लाही र जनकपुरलगायतका तराईका विभिन्न स्थानमा सुटिङ गरिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu