क्रिकेट टीमलाई ‘बितेका पल’को समर्पण | नयाँ ट्रेलर सार्वजनिक



biteka-pal-sad-3ठुलोपर्दा डटकम, काठमाण्डौ। नेपालले पहिलोपटक विश्वकप खेल्न पाउने भएपछि सोही खुशीको अवसरमा नेपाली राष्ट्रिय क्रिकेट टीमलाई समर्पण गर्दै चलचित्र ‘बितेका पल’ले आफ्नो तेश्रो ट्रेलर सार्वजनिक गरेको छ।

‘युएईमा जारी एसिसी ट्वान्टी–ट्वान्टी विश्वकप छनौटमा हङकङलाई हराएर नेपालले पहिलोपटक विश्वकप खेल्न पाउने भएको खुशियालीमा नयाँ ट्रेलर सार्वजनिक गरेका हौँ’ निर्माता राजेश घतानी भन्छन्, ‘हामी नेपालीको यो ऐतिहासिक क्षण हो। यो हाम्रो बधाई स्वरुपको एउटा समर्पण हो’। ‘बितेका पल’ पौष २६ मा देशव्यापी रिलिज हुँदैछ।

प्रेमकथामा बनेको सो चलचित्रलाई सुरज सुब्बा ‘नालबो’ले निर्देशन गरेका छन्। क्रिश रिजाल कार्यकारी निर्माता रहेको यस चलचित्रमा केकी अधिकारी, अभिनाष गुरुङ, बाबु बोगटी लगाएतका कलाकारहरुको मूख्य अभिनय रहेको छ।

Watch the trailer:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu