चलचित्र ‘एकलव्य’को शूभ-मुहूर्त



काठमाण्डौ। अनमोल शर्माको डेब्यू निर्देशनमा बन्ने नेपाली चलचित्र ‘एकलव्य’को शूभ-मुहूर्त गरिएको छ । सोमवार बिहान कोटेश्वरको महादेव मन्दिरमा शुभ मुहूर्त गरिएको हो ।

चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष सन्दिप सापकोटाले क्ल्याप ठोक्दै र संघका सह-कोषाध्यक्ष जिवन पराजुलीले निर्देशन गर्दै चलचित्रको औपचारिक मुहूर्त गरिएको थियो । चलचित्रमा सोनम थापा, पुष्कर राउत, विराट लोगन, महिमा सिलवाल, ओसिम भट्राई, उमेश खड्का, शुशील पोखरेल, सुष्मा कार्की लगायतका कलाकारहरुको मुख्य भूमिका रहनेछ ।

राजन दुलाल, प्रविन श्रेष्ठ र अभि थापाको लगानीमा निर्माण हुने ‘एकलव्य’ एक महिनासम्म खिचिने निर्देशक अनमोल शर्माले जानकारी दिए । फिल्मको गीत सुटिङ भने सैलुङमा खिचिने छ । बसन्त सापकोटा र राजेन्द्र बजगाईको संगीत रहेको फिल्ममा कृष्ण श्रेष्ठले खिच्नेछन् । एक्सन र कमेडी भनिएको फिल्म ‘एकलव्य’मा शंकर महर्जनको द्वन्द्व रहने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu