काठमाण्डौ। लन्डन फुलहामस्थित चेल्सी फुटबल क्लब स्टेडियममा नेपाली पोशाकले स्थान जमाएको छ । अन्तर्राष्ट्रियको फेसन शो ‘एसएम ग्लोबल क्याटवाक फेसन रिभोलुसन लन्डन’मा न्यूयोर्कबाट आएको समूहले विभिन्न देशका डिजाइनरका पोशाक प्रदर्शन गर्दा नेपाली डिजाइनर पुनम क्षेत्री गौतम मूख्य केन्द्रमा रहिन् ।
चलचित्र निर्माता समेत रहेकी गौतमले स्टेजमा उत्रेर उनले नेपालीमै मन्तव्य राख्दै आफ्नो देश र पोशाकको चिनारी दिएकी थिइन् । महिला १२ र पुरुषको १२ वटा डिजाइन सामेल रहेको शोमा विदेशी मोडलहरुले नेपाली पोशाक लगाएर क्याटवाक गरेका थिए । पुरुषहरुले ब्राम्हण क्षेत्री, नेवार, गुरुङ, तामाङ, सुनुवार, राउटे, लाखे ड्रेसमा क्याटवाक गरे भने महिला मोडलहरुले पनि नेवार, थारु, राउटे आदि जातीको ‘फ्यूजन ड्रेस’ प्रस्तुत गरेका थिए ।
‘लुगा बेच्ने होइन, विभिन्न देशमा गएर नेपाल र नेपाली राष्ट्रियता झल्काउने मेरो मुख्य उद्देश्य हो’ कार्यक्रमपछि डिजाइनर पुनमले भनिन् ।
यसअघि गौतम छ महिनाअघि न्यूयोर्कमा आयोजित वर्ल्ड फेशन परेडमा नेपाली राष्ट्रिय पोशाक प्रस्तुत गरेकी थिइन् ।