प्रियांकालाई सौगातको ‘सरी’ (भिडियो)



काठमाण्डौ। कार्तिक १७ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘फाटेको जुत्ता’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘आई एम सरी…’ बोलको गीतमा सौगात मल्ल र प्रियंका कार्की प्रमुख छन् भने उनिहरुसँगै कामेश्वर चौरासिया र अनोज पाण्डे पनि देखिएका छन् ।

गीतमा प्रवेश मल्लिकको स्वर, शब्द र संगीत छ । निरज कँडेलले खिचेको गीतमा राजीव समरको कोरियोग्राफी रहेको छ । अर्जुन कुमार फिल्मसको व्यानरमा निर्मित ‘फाटेको जुत्ता’लाई अर्जुन कुमारले निर्माण गरेका हुन् । कमेडी जनराको यस सिनेमामा निकेश खड्काको निर्देशन छ ।

सिनेमामा प्रियंका र सौगातका अलावा वुद्धि तामाङ, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारको अभिनय छ । ‘फाटेको जुत्ता’मा अष्ट महर्जनको एक्सन, दिर्घ खड्काको सम्पादन र निरोज महर्जनको लेखन छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu