​युट्युबमा रुचाइयो ‘लिला’ ट्रेलर (भिडियो)



काठमाण्डौ। भाद्र ३० गतेबाट प्रदर्शनमा आउन लागेको नायिका सञ्चिता लुईटेलको मुख्य भूमिका रहेको फिल्म ‘लिला’को ट्रेलरलाई अहिले युट्युबमा दर्शकहरु निकै रुचाएका छन् । दुईदिन अगाडि युट्युबमा सार्वजनिक भएको ट्रेलरले अहिलेसम्म ३ लाखभन्दा बढी ‘भ्यू’ पाइसकेको छ । युट्युबमा पाएको सकारात्मक प्रतिक्रियाले उत्साहित भएको निर्देशक रमेश कोइरालाले जानकारी दिए ।

फिल्ममा मलिना जोशी, राज कटुवाल, सञ्चिता लुइटेल, ध्रव कोइराला, निस्तोज निरौला, देवीराम पराजुली (भोकलाग्यो), पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय रहेको छ ।

सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको फिल्म ‘लिला’का कार्यकारी निर्माता सिपी पौडेल हुन् । लक्ष्मण बस्नेत, विमला घिमिरे (दंगाल) निर्माता रहेको फिल्मको लेखन निर्माता लक्ष्मण बस्नेतले नै गरेका हुन् ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu