राजधानीमा नेपाल अफ्रिका फिल्म फेस्टिवल हुँदै



काठमाण्डौ। आगामी २ असोज देखि ४ असोजसम्म काठमाण्डौको रसियन कल्चरल सेन्टरमा ‘छैटौं नेपाल अफ्रिका फिल्म फेस्टिवल-२०१७’ हुने भएको छ । कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशन र जाजिबार फिल्म फेस्टिबल तान्जानियाको सायुक्त आयोजनामा हुन लागेको यो महोत्सबमा यस पटक १४ देशका नौ ओटा चलचित्र चयन भएका छन् । महोत्सबमा नेपालबाट एउटा मात्र चलचित्र ‘डा…खाते’ चयन भएको छ ।

महोत्सवमा यस पटक इजिप्टको ‘लिटिल इगल’, नेपाल/तान्जेनियाा/भारतबाट सायुक्त रुपमा ‘होल्डिङ अप द स्काई’, युगान्डाबाट ‘नथिङ गोईन अन’, अमेरिका/चिचुवाबाट ‘सिलिकोन भ्याली’ चयन भएको छ । यस्तै यो महोत्सबकै लागि मोरक्को/फ्रान्सबाट ‘मिली मुवा’, सेनेगलबाट ‘हृयेनास’, युगान्डाबाट ‘फेटल डेस्टिनी’, रुवान्डाबाट ‘अ प्लेस फर माईसेल्फ’ चयन भएका छन् ।

यस पटक महोत्सबमा प्रदर्शनी गरिने चलचित्र अफ्रिकाको राजनीतिक, सांस्कृतिक, पर्यटकीय, त्यहाँको जीवन शैली जस्ता विविध पक्ष समेटिएको महोत्सबकी निर्देशक तथा कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशनकी अध्यक्ष एवं प्रिन्सिपल डा. मञ्जु मिश्रले बताईन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu