निराजनलाई चाहियो रीमाको साहारा (भिडियो)



‘साहारा देउ तिम्रो न्यानो अंगालोमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमका बिच मोडलद्धय निराजन प्रधान र रीमा विश्वकर्मा अभिनित भिडियो रिलिज गरिएको हो । यो गीतमा निक्सोन लिम्बु र मेलिना राइको स्वर छ ।

जितेन लेप्चाको शब्द तथा संगीत रहेको गीतको भिडियोलाइ रमणिय स्थानमा खिचिएको छ । भिडियोको निर्देशन विभोर पोख्रेलले गरेका हुन् । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन, मिलन शंकरको छायांकन छ ।

कार्यक्रममा बोल्दै निर्देशक पोख्रेलले भिडियोलाइ आकर्षक बनाउने कोशिश गरेको भन्दै सबैले मन पराउने विश्वास व्यक्त गरे । एसियन म्यूजिकका प्रमुख इश्वर गुरुङले विदेशी बजारमा नेपाली गीतसंगीतलाइ प्रवद्र्धन गर्न आफूहरु लागिपरेको र सफलता नजिक पुगेको बताए । कार्यक्रमका प्रमुख अतिथी संगीतकार राजु सिंहले गीत राम्रो बनेको बताए ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu