असोजमा नेपाल अफ्रिका फिल्म फेस्टिवल



काठमाण्डौ। आगामी २ असोजबाट ४ असोजसम्म काठमाण्डौमा आयोजना हुने ‘छैटौं नेपाल अफ्रिका फिल्म फेस्टिवल-२०१७’को तयारी सम्पन्न भएको बताईएको छ । बुधबार राजधानीमा आयोजित पत्रकार भेटघाटका क्रममा आयोजक संस्था कलेज अफ मास कम्युनिकेसन एन्ड जर्नालिज्मकी प्रिन्सिपल एवं यस फेस्टिबलकी निर्देशक डा. मञ्जु मिश्रले जानकारी गराईन् ।

कमलपोखरी स्थित रसियन कल्चरल सेन्टरमा आयोजना हुने महोत्सव बारे बुधबार राजधानीमा आयोजित पत्रकार भेटघाटका क्रममा महोत्सब निर्देशक बारे बोल्दै मिश्रले भनिन्, ‘महोत्सवको तयारी पुरा भएको छ । महोत्सवमा सहभागी हुन यस पटक अफ्रिकी महाद्विप र युरोपबाट विभिन्न १५ जना चलचित्रकर्मी आउँदैछन् ।’ १४ देशका नौं ओटा चलचित्र चयन भएको जानकारी गराउँदै उनले भनिन्, ‘अफ्रिकालाई अन्य देशको नभएर अफ्रिकाकै लेन्सबाट हेरिनुपर्छ भनेर हामीले ६ वर्ष अघिबाट यो महोत्सव सुरु गरेका हौं’ ।

जन्जिबार फिल्म फेस्टिवलसँगको सहकार्यमा हुँदै आएको यो महोत्सवले नेपाल र अफ्रिकी मुलुकको सम्बन्ध देखाउँदै आएको छ । यस पटक महोत्सवमा नौँ ओटा चलचित्र प्रदर्शनी गरिँदैछ । जस मध्ये एउटा नेपाली र बाँकी अफ्रिकी मुलुकका छन् । इजिप्टबाट मोहम्मद रशद निर्देशित फिल्म ‘लिटिल इगल’ र नेपाल/तान्जानिया/भारतको जमेश गियाम्ब्रोने र रुश पारिसेओउ निर्देशित ‘होल्डिङ अप द स्काई’ महोत्सबको पहिलो दिन २ असोजमा प्रदर्शनी गरिने महोत्सबको संयोजक आलोक तिवारीले जानकारी गराए ।

यस्तै ३ असोजमा युगान्डाको एगोन्जे अर्नोल्ड निर्देशित ‘नथिङ इज गोईन अन’, सायुक्त राज्य अमेरिका/चिलुवाको हृवेभेस स्टि्रटर निर्देशितन ‘सिलिकोन भ्याली’, मोरोक्को/फ्रान्सको फाओजी बन्साईदी निर्देशित ‘मिली मिओस’ र सेनेगलको ‘हृवेनास’ रहेको छ ।

महोत्सवको अन्तिम दिन युगान्डाको टोची मादुवा निर्देशित ‘फेटल डिस्टिनी’, रुवान्डाको मारिई निर्देशित ‘अ पिस फर माईसेल्फ’ र नेपालबाट रोशनी केसी निर्मित चलचित्र डा…खाते प्रदर्शनी गरिने भएको छ । नेपालबाट यस पटक डा. खाते मात्र चयन भएको हो । महोत्सबमा प्राप्त ६० भन्दा बढी चलचित्रबाट यी नौ ओटा चलचित्र चयन गरिएको महोत्सव संयोजक आलोक तिवारीले प्रकाश पारे ।

महोत्सव आयोजक तथा चलचित्र चयन समितिका निर्णायक डब्बु क्षत्रीले महोत्सव युवाहरुलाई लक्षित गरिएको कार्यक्रममा प्रकाश पारे । महोत्सवका लागि मुलधार भन्दा फरक र कलात्मक चलचित्र यस पटक चयन गरिएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu