काठमाण्डौ। अघिल्लो हप्ता रिलीज भएको नेपाली चलचित्र ‘२ रुपैयाँ’ हेर्न बिहिबार राजधानीको कुमारी हलमा दर्शकको भिड लाग्यो । रु. दुई रुपैयाँ मात्र तिरेर चलचित्र हेर्ने अवसर भरपुर फाईदा उठाउँदै दर्शकले १२:३० बजेको शो हेरे ।
उक्त शोको टिकट रू. २ मा नै खरिद गर्ने प्रावधान पहिलो १०० जना दर्शकका लागि लागू गरिएको थियो । तर दर्शकको अत्याधिक चापको कारण ५० टिकट थप गर्नु परेको निर्देशक असिम शाहले बताएका छन् । बिहान ११ बजेबाट खोलिएको टिकट काउन्टरको लागी दर्शकहरु हलमा ७ बजेबाट नै लाइनमा बसेको बताईएको छ ।
दर्शकहरूसँग अन्तरक्रिया गर्न निर्देशक असिम शाह र कलाकार बुद्धि तामाङ पनि पुगेका थिए ।