कार्तिकमा ‘मेरो पैसा खोई’ रिलीज हुने



काठमाण्डौ। नेपाली चलचित्र ‘मेरो पैसा खोई’को रिलीज मिति तोकिएको छ । रोज राणाले निर्देशन गरेको यो चलचित्र कार्तिक ९ गते रिलिज हुनेछ ।

निर्माता समेत रहेका राणाले चलचित्रको आधिकारिक मिति सार्वजनिक गरेका हुन् । राणाका अनुसार आगामी साता सिनेमाको ट्रेलर, गीत पनि सार्वजनिक हुनेछ ।

हाल यो चलचित्र पोस्ट प्रोडक्सनको अन्तिम चरणमा छ । चलचित्रमा सौगात मल्ल र वर्षा राउतको प्रमूख अभिनय छ । सौगात र वर्षाका अलावा छुल्ठिम गुरूङ, रविन तामाङ, बुद्धि तामाङ, कमलमणी नेपाल लगायतका कलाकारको पनि अभिनय रहेको छ । ‘मेरो पैसा खोई’बाट नवअभिनेता सागर तिवारीले डेब्यु गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu