महजोडीको ‘सत्रुगते’मा पल र आँचल



काठमाण्डौ। हाँस्यकलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले ३७ वर्ष अगाडि सुरु गरेको मह संचारले नेपाली फिल्म ‘सत्रुगते’ निर्माण गर्ने भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बिच फिल्मको औपचारिक निर्माण घोषणा गरियो । फिल्मलाई ‘जात्रा’ फेम निर्देशक प्रदीप भट्टराईले निर्देशन गर्नेछन् ।

छठ पर्वपछि सुरु हुने फिल्मको छायांकन काठमाडौं तराईका विभिन्न जिल्लाहरुमा हुनेछ । हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको फिल्मका कार्यकारी निर्माता किरण केसी हुन् । फिल्मको घोषणा कार्यक्रममा बोल्दै निर्देशक प्रदीप भट्टराईले भने, ‘जति दर्शकले ‘जात्रा’ मन पराउनुभयो उहाँहरुलाई त अवश्य नै ‘सत्रुगते’ मन पर्छ र नयाँ दर्शकलाई पनि फिल्मले हलसम्म तान्न सक्नेमा विश्वस्त छु ।’

नायक पल शाह र नायिका आँचल शर्मा यो फिल्ममा मुख्य भूमिकामा छन् । शुक्रवारबाट यो जोडीले अभिनित गरेको फिल्म ‘जोनी जेन्टलम्यान’ नेपाली सिनेमा घरहरुमा प्रदर्शनमा आएको छ । पल र आँचलका अलावा फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेल लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

फिल्ममा दीर्घ गुरुङको छायांकन, कविराज गहतराजको नृत्य र राजनराज सिवाकोटीको गीत तथा संगीत सुन्न सकिनेछ । रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेल फिल्मका निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu