काठमाण्डौ। ‘प्रेमगीत’ नायक प्रदीप खड्काले ५३ लाख पर्ने कार उपहार पाएका छन् । प्रदीपलाई ‘प्रेमगीत’ निर्माता सन्तोष सेनले कार गिफ्ट गरेका हुन् ।

आइतवार ‘प्रेमगीत २’ ले सफल प्रदर्शनको ५१ औं दिनको अवसर पारेर आयोजना गरेको सेलिव्रेशन कार्यक्रममा निर्माताले रातो रंगको हुन्डाईको ‘क्रेटा’ कार गिफ्ट गरेका हुन् ।

प्रदीप अभिनित तेस्रो फिल्म ‘प्रेमगीत २’ गएको साउन १३ गते प्रदर्शनमा आएको थियो ।

प्रदीपलाई दिएको वचन अनुसार नै ‘प्रेमगीत २’ हिट भएपछि ३० प्रतिशत शेयर दिएको निर्माता सन्तोस सेनले बताएका छन् ।

यसअघि प्रदीपले सन्तोष सेनकै निर्माणमा बनेको फिल्म ‘प्रेमगीत’मा अभिनय गरेका थिए ।





